सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

हिमाल प्रेस २३ साउन २०८० १३:२०
12
SHARES
सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्ध भएको छ। व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा अवरुद्धभएको हो।

सडक अवरुद्ध बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।

घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनले बताए। ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: २३ साउन २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =