जलमग्न काठमाडौँ(तस्बिरहरू)

नदी क्षेत्रका बस्ती जोखिममा

दिपेश श्रेष्ठ २३ साउन २०८० १०:३६
90
SHARES
जलमग्न काठमाडौँ(तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर  अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ।

यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ।

यसैबीच काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार बिहान ६ः०० बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ।

जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ।

बल्खु बजार डुबानमा

भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए।

उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।

भक्तपुरको हालत उस्तै

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो।

घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन।

सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।

वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानसमेत भएको छ। बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन्। धान खेत पनि डुबानमा परेका छन्। तर उद्धार गर्नुपर्ने अवस्था भने अझै नरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता पाठकले बताए।

धोबीखोलामा सकस

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपमा भारी वर्षा हुँदा विष्णुमती, धोवीखोला, मनोहरा लगायत नदीमा बाढी आएको बाढी हो।

केही ठाउँमा धोवी खोला करिडोर सडकबाट बगिरहेको छ। विष्णुमती किनारका घर पसलमा पानी पसेको छ। सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको छ।

ढुंगेधारा जलमग्न

काठमाडौँ उपत्यकामा भएको भारी वर्षाले ढुंगेधारा क्षेत्र डुबानमा परेको छ । सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ।

काठमाडौँ उपत्यकाका रातभर भारी वर्षा हुँदा खोला तथा नदीहरूमा जल सतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहान ११ बजेसम्म काठमाडौँका नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेको छ।

सामाखुसीमा बाढी

काठमाडौं महानगरपालिका ३ स्थित सामाखुशी खोलामा बाढी आएको छ।

मंगलबार बिहानैदेखि लगातारको वर्षाका कारण सामाखुशी खोलामा बाढी आएको हो। बाढीले वडा नम्बर ३ र २६ खोलावरपरका सडक जलमग्न भएका छन्।

खोला छेउमा भएका घरभित्रै बाढी छिरेको छ। सडक पार गरेर घरभित्र पानी पस्न थालेपछि स्थानीय सडकमा निस्किएका छन्।

पानी छिर्न नदिन सडकको छेउमा ढुंगा,इट्टाले छेकबार लगाउन खोजेपनि उनीहरूको प्रयास निरर्थक भएको छ।

घरभित्रै घुँडाघुँडासम्म आइपुग्ने गरी पानी जमेपछि बाल्टीले उभाएर पानी फालिरहेका छन्। बाढीका कारण सवारी आवागमन अवरूद्ध भएको छ।

विशाल बागमती
काठमाडौँ उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ। यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ,’बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।’

 

 

प्रकाशित: २३ साउन २०८० १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =