कर्णाली प्रदेशमा दरबन्दीभन्दा कम प्रहरी

हिमाल प्रेस २२ साउन २०८० १९:२१
12
SHARES
कर्णाली प्रदेशमा दरबन्दीभन्दा कम प्रहरी

सुर्खेत- कर्णाली प्रदेशमा दरबन्दीभन्दा कम प्रहरी रहेको पाइएको छ। सोमबार प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा दरबन्दीभन्दा कम प्रहरी रहेको पाइएको हो।

कर्णाली प्रदेश प्रहरीले सोमबार आर्थिक वर्ष २०७९∕८० को वार्षिक गतिविधि विवरण सार्वजनिक गर्दै प्रदेशमा दरबन्दीभन्दा कम रहेको बताएको हो। प्रदेश प्रहरीमा ६ हजार २७९ जनाको दरबन्दी रहेकोमा जम्मा ५ हजार ६०६ प्रहरी कार्यरत रहेको सार्वजनिक गरेको हो।

साथै प्रदेशका ११ वटा प्रहरी कार्यालयका भवन निर्माणाधीन रहेको पनि प्रदेश प्रहरीले सार्वजनिक गरेको छ। प्रदेशमा आव २०७९∕८० मा १०५ स्थानमा सीसीटीभी जडान गरिएको प्रहरीको प्रगति छ। त्यसमध्ये ३७८ वटा सीसीटीभी प्रयोगमा छन्।

प्रदेशमा आव २०७९∕८० मा ११४ वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ९९ फर्छ्यौट गरिएको छ। २१५ जना अभियुक्तहरू पक्राउ गरिएको विवरणमा उल्लेख छ।

प्रकाशित: २२ साउन २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =