कमाइमा ‘बार्बी’को कीर्तिमान

हिमाल प्रेस २२ साउन २०८० १३:२१
10
SHARES
कमाइमा ‘बार्बी’को कीर्तिमान

काठमाडौँ- ग्रेटा गेर्विगको निर्देशनमा बनेको हलिउड फिल्म ‘बार्बी’ प्रदर्शनको तेस्रो हप्तामा छ। फिल्मले अहिलेसम्म विश्वव्यापी रूपमा एक विलियन डलरभन्दा बढी कमाइसकेको हलिउडको मनोरञ्जन समाचार पोर्टल ‘डेडलाइन’ले जनाएको छ।

‘डेडलाइन’को समाचारअनुसार ‘बार्बी’ अन्तर्राष्ट्रिय बक्स अफिसमा धेरै कमाउने वर्षको दोस्रो फिल्म हो। फिल्मले कमाइमा कीर्तिमान कायम गरेको छ। यसअघि ‘सुपर मारियो ब्रोज’ले सबैभन्दा बढी कमाइ गरेको थियो।

‘बार्बी’ले ‘फास्ट एक्स’, ‘ह्यारी पोर्टर एन्ड द प्रिजनर अफ अज्काबान’, ‘ब्याटम्यान भर्सेस सुपरम्यान : डन अफ जस्टिस’लगायत फिल्मलाई पछि पारेको छ। जुलाई २१ मा क्रिस्टोफर नोलनको ‘ओपनहाइमर’ र ‘बार्बी’ सँगै प्रदर्शनमा आएका थिए। तर ‘ओपनहाइमर’भन्दा ‘बार्बी’ले बढी चर्चा र पैसा कमाएको छ।

प्रकाशित: २२ साउन २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =