सहरमा आज :  प्रतिस्पर्धामा ९ फिल्म

सुस्मिता बजगाईं १९ साउन २०८० २२:२४
46
SHARES
सहरमा आज :  प्रतिस्पर्धामा ९ फिल्म

काठमाडौँ- आज साउनको तेस्रो शनिबार। विगतका साताजस्तै उपत्यकामा विभिन्न मनोरञ्जनात्मक गतिविधि भइरहेको छ।  नाटकघरमा दुई नाटकको मञ्चन जारी छ। ‘युद्धका घाउहरू २.०’ र ‘ट्रान्जिट’। आर्ट ग्यालरीमा पनि विभिन्न थरीका चित्रकला प्रदर्शन भइरहेको छ।  त्यस्तै, हलहरूमा नेपाली, बलिउड र हलिउड गरी नौ फिल्मको प्रतिस्पर्धा चलिरहेको छ।

सिद्धार्थमा ‘अमलगाम २०२३’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘अमलगाम २०२३’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा एनालग फोटो, नक्कल र मूर्तिकलालगायत सबै कलात्मक माध्यमहरूको मिश्रण तस्बिर छन्। ग्यालरीमा हाल ४९ कलाकारका कलाकृति प्रदर्शनमा छन्।

मण्डलामा ‘युद्धका घाउहरू २.०’

थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘युद्धका घाउहरू २.०’ मञ्चन भइरहेको छ। साउन १६ गतेदेखि मञ्चन भएको नाटक साउन २१ गतेसम्म चल्नेछ। सशस्त्र द्वन्द्वकालमा भएको विभिन्न घटनामा आधारित नाटक मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले तयार पारेका हुन्।

अञ्जान प्रदीपको लेखन तथा निर्देशन रहेको नाटकमा आदित्य मिश्रा, आकाश नेपाली, अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्र पहिम, सुस्मिता पोख्रेललगायत कलाकारको अभिनय छ।

सोमबार बाहेक हरेक साँझ साढे पाँच बजे मञ्चन हुने नाटक आज शनिबार १ बजे अतिरिक्त सो मञ्चन हुनेछ। यो नाटक २४ जुलाई २०२३ मा एकाडेमिक थेस्पियन्स थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन गरिएको थियो।

शिल्पीमा ‘ट्रान्जिट’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साउन ५ गतेदेखि नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ। आगामी भदौ २ गतेसम्म भल्ने नाटकका नाटककार घिमिरे युवराज हुन्। नाटकको परिकल्पना र निर्देशन पनि उनकै छ। कुमार नगरकोटीको लेखन रहेका नाटकमा निर्देशक युवराजसहित कलाकार दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमल्सिना, मिल्सन राईको अभिनय छ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन भइरहेको नाटक आज (शनिबार) दिउँसो एक बजे मञ्चन गरिनेछ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘अदृश्य’ र ‘बगान’ हलमा चलिरहेका छन्।  हलिउडमा ‘मेज २ः द ट्रेन्च’, ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माइहेम’, ‘टल्क टु मी’, ‘बार्बी’ र ‘ओपेनहेइमर’ बलिउडमा ‘रक्की और रानीकी प्रेम कहानी’, ‘मिसन : इम्पोसिबल-रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेका छन्।

अदृश्य

साउन १९ गतेदेखि हलमा फिल्म ‘अदृश्य’ प्रदर्शन भइरहेको छ। कलाकार प्रमोद अग्रहरी, शोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म थ्रिलर जनरामा बनेको छ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद रहेको फिल्म प्रहलाद काफ्ले निर्देशन गरेका छन्। फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरेलगायतको अभिनय छ।

आज उपत्यकामा आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, वान सिनेमा अन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मलमा फिल्म अदृश्य चलिरहेको छ।

बगान

फिल्म ‘बगान’ असार २९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। एकल महिलाको कथामा आधारित फिल्मका निर्देशक सरोज खनाल हुन्। फिल्ममा निर्देशक सरोजसहित करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म ‘बगान’ प्रदर्शनरत छ।

मेज २ः द ट्रेन्च

साउन १९ गतेदेखि हलिउड फिल्म ‘मेज २ः द ट्रेन्च’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म साइन्स फिक्सन-एक्सन जनरामा बनेको छ। बेन ह्विटलेको निर्देशन रहेकोे फिल्ममा जेसन स्टेथम, सिएना गुइलोरी, क्लिफ कर्टिस, स्कालर समुएल्सलगायतको अभिनय छ। यो फिल्म सन १९९९ मा स्टिभन एल्टनले लेखेको उपन्यास ‘द ट्रेन्च’मा आधारित छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, र छया सेन्टरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिज, क्युएस सिनेमामा हलिउड फिल्म ‘मेज २ः द ट्रेन्च’ चलिरहेको छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल हलिउड फिल्म ‘मेज २ः द ट्रेन्च’ चलिरहेको अन्य हलहरू हुन्।

टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माइहेम

हलिउड एनिमेटेड फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माइहेम’ साउन १९ गतेदेखि नेपाली हलमा प्रदर्शन भएको छ। एक्सन, एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक जेफ रवी हुन्। फिल्म टिनेन्ट म्युटन्ट निन्जा टर्टल्सको सातौँ शृंखला हो। फिल्म कछुवा र निन्जाको शृंखलामा आधारित छ।

आज क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।  आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा हलिउड फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माइहेम’ चलिरहेको छ।

वान सिनेमा अन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल हलिउड फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माइहेम’ चलिरहेको अन्य हलहरू हुन्।

टल्क टु मी

हरर र थ्रिलर जनरामा बनेको हलिउड फिल्म ‘टल्क टु मी’ साउन १२ गतेदेखि नेपालका हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक डेनी फिलिप र माइकल फिलिप हुन्। फिल्ममा सोफी वाइल्ड, जोय वर्ड, अलेक्जेन्ड्रा जेन्सेन, ओतिश धनजीलगायतको अभिनय छ। आज क्यएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, सिभिल मलमा फिल्मको सो छ।

आज आईएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिज, क्युएस सिनेमा, रञ्जना सिनेप्लेक्स र वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा हलिउड फिल्म ‘टल्क टु मी’ चलिरहेको छ।

बार्बी

साउन ४ गतेदेखि नेपाली हलहरूमा हलिउड फिल्म ‘बार्बी’ चलिरहेको छ। कमेडी र एक्सन जनरामा बनेको फिल्म ग्रेटा गेर्विगले निर्देशन गरेका हुन्। फिल्ममा मार्गट रोबि, रायन गोस्लिङ, एम्मा म्याकीलगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। आईएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स र वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा हलिउड फिल्म ‘बार्बी’ चलिरहेको छ।

ओपेनहेइमर

हलिउड फिल्म ‘ओपेनहेइमर’ साउन ४ गतेदेखि नेपालमा प्रदर्शनरत छ। बायोग्राफीकल र ड्रामा जनरामा बनेको फिल्म क्रिस्टोफर नोलन हुन्। फिल्ममा अमेरिकी वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको कथा र परमाणुबाट बनेको बमको विकासमा उनको भूमिकालाई प्रस्तुत गरिएको छ। फिल्ममा सिलियन मफी, एमिली ब्लन्ट, फ्लोरेन्स पग, रोबर्ट डाउनी, जुनियर म्याट डेमन लगायतको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर र सिभिल मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र वान सिनेमा अन्तर्गत आइप्लेक्स मलमा हलिउड फिल्म ‘ओपेनहेइमर’ प्रदर्शन भइरहेको छ।

रक्की और रानीकी प्रेम कहानी

बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ नेपालमा प्रदर्शन भइरहेको छ। साउन १२ गतेदेखि प्रदर्शन गरिएका फिल्म कमेडी, फिल्मी र ड्रामा जनरमा बनेको छ। किरण जोहरले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, रणवीर सिंह, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्मको सो छ। आज आईएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ चलिरहेको छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल विश्वज्योति हल बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ चलिरहेको अन्य हलहरू हुन्।

मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान

असार २९ गतेदेखि नेपालका हलहरूमा बलिउड फिल्म ‘मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक क्रिस्टोफर एमसी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, विङ्ग रेम्स, साइमन पेगलगायत कलाकारको अभिनय छ। आज क्युएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा फिल्मको एक सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =