आफ्नो ज्यान जोगाउन जब क्यामरुनले फोटोग्राफरलाई मुड्की हाने

हिमाल प्रेस १७ असोज २०८० १५:०७
8
SHARES
आफ्नो ज्यान जोगाउन जब क्यामरुनले फोटोग्राफरलाई मुड्की हाने

काठमाडौँ- हलिउड निर्देशक जेम्स क्यामरुन सन् १९८९ मा प्रदर्शनमा आएको फिल्म ‘द एबिस’को छायांकनका क्रममा दुर्घटनामा परेका थिए। हालै उनले आफू निर्देशित सो फिल्मको एक किस्सा अमेरिकी मनोरञ्जन पत्रिका ‘भेराइटी’लाई सुनाएका छन्। ‘फिल्मको सुटिङको सेटमा म दुर्घटनामा परेको थिएँ,’ उनले भने, ‘मेरो ज्यानै जोखिममा परेको थियो।’

कुरा १९८९ को हो। क्यामरुनले फिल्म ‘द एबिस’ बनाइरहेका थिए। पानीमुनिको एक दृश्य छायांकन गर्नुपर्ने थियो। ठीक त्यही बेला अक्सिजन ट्यांक रित्तिन थाल्यो। क्यामरुनलाई सास फेर्न गाह्रो भयो। पानीबाहिर रहेको टोलीसँग सम्पर्क गर्ने कुनै माध्यम भएन।

‘हामीसँग सुरक्षाका लागि पौडीबाज थिए,’ क्यामरुनले भने, ‘उनीहरू त्यही उपस्थित थिए। हरेकले एक वा दुई कलाकारमाथि निगरानी गरिरहेका थिए। तर उनीहरूले मलाई हेरिरहेका थिएनन्। त्यहाँ जोकोही पनि लाइट सेट गर्नुमा व्यस्त थियो।’

केही सीप नलागेपछि पानीमुनि फोटोग्राफी गरिरहेका निर्देशक एआई गिडिङ्सको ध्यान आफूतिर तान्ने कोसिस क्यामरुनले गरे। एक सडक दुर्घटनामा एआई गिडिङ्सले आफ्ना दुवै कानको सुन्ने क्षमता गुमाइसकेका थिए। त्यसैले उनले क्यामरुनले बोलाएको सुनेनन्। त्यसपछि एआईको ध्यान आकर्षित गर्न क्यामरुनले उनको अनुहारमा मुक्काले हिर्काए।

यसरी फोटोग्राफरको मद्दतले क्यामरुन पौडिँदै किनारमा आए। अनि उनको ज्यान जोगियो। ‘एआईको अनुहारमा मुड्की बजार्नुबाहेक मसँग कुनै विकल्प थिएन,’ क्यामरुनले भने, ‘आफूलाई बचाउन त्यही नै अन्तिम विकल्प थियो।’

‘द एबिस’ साइन्स फिक्सन फिल्म हो। जसमा एक अनुसन्धान टिम गहिरो समुद्रमा हराएको नौसेनाको जहाज खोज्ने प्रयास गरिरहेको हुन्छ। फिल्मको कथा क्यामरुनले नै लेखेका हुन्। फिल्म चारवटा विधामा अस्कर अवार्डमा मनोनीत भएको थियो। ‘बेस्ट भिजुअल इफेक्ट्स’का लागि अवार्ड पनि जितेको थियो।

क्यामरुनले ‘टाइट्यानिक’, ‘अवतार’, ‘अवतार २’लगायत थुप्रै सुपरहिट फिल्म बनाएका छन्।

प्रकाशित: १७ असोज २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =