‘मिनी संसद्’ को नेतृत्वमा मिल्यो भागबन्डा, रास्वपा-राप्रपाले पाएनन्

हिमाल प्रेस २२ साउन २०८० १२:३१
16
SHARES
‘मिनी संसद्’ को नेतृत्वमा मिल्यो भागबन्डा, रास्वपा-राप्रपाले पाएनन्

काठमाडौँ- संघीय संसद्का संयुक्त र विषयगत समिति (मिनी संसद्) मा राजनीतिक दलहरूबीच भागबन्डा मिलेको छ। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागबन्डा मिलेको हो।

प्रमुख सचेतकहरूको आइतबार साँझ बसेको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएको हो। सहमतिअनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक-एक समितिको सभापति भागमा परेको छ।

प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समिति छन्। एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ। यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउनेछ। संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन्। यस्तै संसद्‌मा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति, जनमोर्चा र मजदुर पार्टीले सभापति नपाउने भएका छन्। संसदीय समितिको सभापति चयन मिति आज मध्याह्न बस्ने सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षीबीचको बैठकले टुंगो लगाउनेछ।

संसदीय समितिमा भागबन्डा

लेखा समिति, महिला समिति र राज्यका निर्देशक – नेकपा एमाले

कानुन, विकास समिति- नेकपा माओवादी केन्द्र

अर्थ, कृषि, सुनुवाइ समिति र राज्य व्यवस्था समिति- नेपाली का‌ग्रेस

अन्तर्राष्ट्रिय सम्बन्ध समिति- जसपा

उद्योग समिति- जनमत

शिक्षा समिति- नेकपा एकीकृत समाजवादी

प्रकाशित: २२ साउन २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =