संसद्‌मा फर्किए राहुल गान्धी

हिमाल प्रेस २२ साउन २०८० ११:५७
4
SHARES
संसद्‌मा फर्किए राहुल गान्धी

काठमाडौँ- भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले मानहानि मुद्दामा उन्मुक्ति पाएपछि उनको सांसद पद पुनर्बहाली भएको छ। भारतीय सर्वोच्च अदालतले गत शुक्रबारमा उनीविरुद्धको मुद्दामा सजाय दिने आधार नरहेको आदेश दिएपछि उनले ‘मोदी सरनेम’ मानहानि मुद्दामा उन्मुक्ति  पाएका थिए।

सुरतको एक अदालतले उनलाई सुनाएको दुई वर्षको जेल सजायमा सर्वोच्च न्यायालयले रोक लगाएको हो।  जसको प्रतिलिपि कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा अध्यक्ष ओम बिडलासमक्ष पेस गर्दै गान्धीको सदस्यताको माग गरेका थिए। लोकसभा सचिवालयले सोमबार पत्र जारी गर्दै संसद्‌मा राहुलको सदस्यता बहाल गरेको छ।

राहुल केरलको वायनाडबाट लोकसभा सदस्य हुन्। सुरतको एक अदालतले मानहानि मुद्दामा दुई वर्षको सजाय सुनाएपछि ‘अयोग्य’ घोषित गर्दै उनको संसद् सदस्यता रद्द गरिएको थियो।

मानहानि मुद्दामा न्याय मिलेपछि राहुल गान्धीले भने, घृणाविरुद्ध प्रेमको विजय

प्रकाशित: २२ साउन २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =