बन्दले कोशीको जनजीवन प्रभावित

हिमाल प्रेस २२ साउन २०८० १०:५६
8
SHARES
बन्दले कोशीको जनजीवन प्रभावित लिम्बुवानको बन्दले सुनसान बनेको इटहरी बजार। तस्बिर : हिमाल प्रेस

इटहरी- लिम्बुवानसहित विभिन्न संघसंस्थाले गरेको कोशी प्रदेश बन्दले केही जिल्ला प्रभावित बनेका छन्। बन्दका कारण सहरी क्षेत्रका धेरैजसो शैक्षिक संस्थाहरू समेत प्रभावित बनेका हुन्।

कोशी प्रदेशको नाम खारेजलगायत माग राख्दै गरिएको बन्द आह्वानका कारण सोमबार (आज) केही जिल्लाको जनजीवन प्रभावित बनेको हो। लिम्बुवान राज्यको घोषणालगायत माग राख्दै राष्ट्रिय जनमुक्तिसहितका दलले बन्द आह्वान गरेका हुन्।

बन्दका कारण कोशी प्रदेशको सुनसरी, मोरङ, झापा लगायतका पहाडी जिल्लामा समेत जनवीवन प्रभावित बनेको छ। जसकारण छोटो तथा लामो दूरीको यात्रा गर्न समेत कठिन भएको छ।

जनमुक्ति पार्टीका साथै संघीय लिम्बूवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बूवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चाले संयुक्तरूपमा बन्द आह्वान गरेका हुन्।

प्रकाशित: २२ साउन २०८० १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =