भयावह बन्यो आँखा पाक्न रोग

हिमाल प्रेस २२ साउन २०८० १०:३६
50
SHARES
भयावह बन्यो आँखा पाक्न रोग

जनकपुरधाम- गर्मी मौसमसँगै अहिले देशैभरी आँखा पाक्न रोगको प्रकोप बढेको छ। आँखा पाक्ने रोगको प्रकोप जनकपुरधाम लगायतको क्षेत्रमा समेत बढ्दै गएको छ। सुरुमा सामान्य स्थितिमा रहेको यो रोग अहिले भयावह बनेको छ।

आँखा पाक्ने रोगीको संख्यामा ह्वात्तै बढेसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको भिड बढेको छ। सुरुवाती समयमा ५/६ जना बिरामी मात्रै आउने गरेकोमा अचेल दैनिक ७ सयदेखि ८ बिरामी आउने गरेको जानकी आँखा अस्पतालका प्रमुख डा आशिष बोहराले जानकारी दिए।

पछिल्लो केही दिनयता आँखा पाक्ने समस्या लिएर आउने रोगीहरु १ हजारमा ७ सय देखि ८ सयसम्म आँखा पाक्ने बिरामीहरु आउने गरेको आँखा अस्पतालले जनाएको छ।
बोहराका अनुसार आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक हजार जनासम्म बिरामी चेकजाँचकालागि आउन थालेका छन्। दुई साता अगाडी आँखा पाक्ने रोगको समस्या लिएर आउने बिरामी संख्या ४०/४५ जना मात्रै थियो।

अहिले आँखा पाक्ने समस्या उच्च बिन्दुमा फैलिएको उनले बताए। वर्षा र गर्मीको मौसम सुरू भएसँगै यो रोग अहिले देशैभर महामारीजस्तै फैलिएको छ। भारतमा पनि संक्रमण एकदमै धेरै देखिएको छ। जसरी जाडो महिनामा रूघाखोकीको संक्रमण बढ्छ, त्यस्तै आँखा पाक्ने यो समस्या पनि सिजनल फ्लु हो।

बोहोराले भने, ‘२/३ वर्षअघि पनि यसरी नै यो रोग फैलिएको थियो । पछिल्लो दुई वर्ष भने खासै धेरै देखिएन । यो एक महिनायता भने संक्रमित बढेका छन् । तर हामी आत्तिनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन।’

अन्य सामुदायिक आँखा उपचार केन्द्र र गाउँका क्लिनिकहरूमा पनि यस्ता पनि बिरामी संख्या बढेको पाइएको उनले बताए।

सुरुमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँशु बग्ने, घाममा हिँड्न गाह्रो हुने लगायतका यो रोगको लक्षणहरु हुन्। सावधानी अपनाइए यो रोगको संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने बोहरा बताउँछन्।

प्रकाशित: २२ साउन २०८० १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =