जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु

हिमाल प्रेस २६ मंसिर २०८० १०:४१
32
SHARES
जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरधाम- मिथिलाको महामहोत्सवको रूपमा प्रसिद्ध सीताराम विवाहपञ्चमीको साताव्यापी कार्यक्रम आजदेखि सुरु भएको छ।

विवाहपञ्चमीअन्तर्गत आज नगरदर्शन विधि गरिन्छ। विवाहपञ्चमी सुरुसँगै जनकपुरधाममा आउने भक्तजन बढेका छन्।

त्रेतायुगमा मिथिला नरेश राजा जनकको छोरी माता सीता र अयोध्या नरेश दशरथका छोरा भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम गरिन्छ।

विवाहपञ्चमीको पहिलो दिन मंगलबार जानकी मन्दिर प्राङ्गणमा नगरदर्शन विधि गरिन्छ। त्यसका लागि मन्दिर प्राङ्गणमा दिउँसो ४ बजे समय निर्धारण गरिएको छ।

भगवान् राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा दुई बालकलाई नगरदर्शन गराइन्छ। जनकपुर नगरदर्शनका लागि जानकी मन्दिरकै प्राङ्गणमा कृत्रिम बजार बनाइन्छ।

सो बजारमा मुरही, चिया, कचरी, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दूर, टिकलीलगायतका पसलहरू कृत्रिम रूपमा निर्माण गरिन्छ।

प्रकाशित: २६ मंसिर २०८० १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =