धनुषाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

हिमाल प्रेस १६ मंसिर २०८० ८:५३
6
SHARES
धनुषाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

जनकपुरधाम- धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए।

सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको हो।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८० ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =