बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज

हिमाल प्रेस २१ साउन २०८० १९:१५
12
SHARES
बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज बझाङमा बजार नपाएपछि थन्किएको प्याज। फाइल तस्बिर : रासस

बझाङ- खप्तडछान्ना गाउँपालिका-५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो। प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ। मेहनतको फल (प्याज)ले बजार नपाएपछि शेरबहादुर निराश देखिन्छन्।

घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना देखेका शेरबहादुरले छिमेकीको अधियाँ जमिन थपेर पनि उत्पादन बढाएका थिए। हरेक वर्ष जमिनसँगै प्याजखेती थप्ने शेरबहादुरलाई उत्पादनमा भने कमी कहिल्यै भएको थिएन। पर्याप्त उत्पादन हुने तर बजारीकरणको समयमा बिर्को लाग्ने समस्याले भने कार्की कहिल्यै सन्तोषजनक छैनन्।

यो सिजनमा पनि शेरबहादुरले २० क्विन्टलको हाराहारीमा प्याज फलाए। मनसुनको सुरुवातसँगै बारीको सबै प्याज भित्र्याएका कार्कीलाई अहिले सोही प्याजको गन्धले सताएको छ। ‘रातदिन मेहनत गरेर धेरै प्याज फलाइयो,’ उनले भने, ‘अहिले कुहिएको छ।’

शेरबहादुरका अनुसारका उनको प्याज साढे २ क्विन्टल जति गाउँमै किनबेच भयो। ुपल्लो गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए। किन्नेले पनि २०-२५ रुपैयाँ प्रतिकेजीमा लिए। अब ९ क्विन्टलको हाराहारीमा छ। बाँकी सबै कुहिएर फालिसक्यौँ,।’ उनीजस्तै यहाँ अन्य किसानको पनि प्याज खेर गएको स्थानीयले बताएका छन्। जिल्लाभर करिब ६० हेक्टर जमिनमा प्याजखेती भइरहेको तथ्यांक छ।

प्रकाशित: २१ साउन २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =