बागमती प्रदेश : मन्त्रालय थपेर भागबन्डा मिलाउने सहमति

हिमाल प्रेस २१ साउन २०८० १६:४६
12
SHARES
बागमती प्रदेश : मन्त्रालय थपेर भागबन्डा मिलाउने सहमति

काठमाडौँ- बागमती प्रदेशमा मन्त्रालय थप गरेर बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति भएको छ। बागमती सरकारमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री छन्। उनैलाई मन्त्री बनाउन कांग्रेसकै भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहेको सामान्य प्रशासन मन्त्रालय छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाउने सहमति गरिएको हो।

काठमाडौँमा गठबन्धनसम्बद्ध दलका शीर्ष नेताको छलफलबाट मन्त्रालय थप्ने सहति गरिएको हो। गत जेठ ७ गते मन्त्री पदमा नियुक्त भएका उनले लामो समयसम्म पनि विभागीय जिम्मेवारी पाउन सकेका छैनन्। कुन मन्त्रालय फुटाएर उनलाई जिम्मेवारी दिने भन्नेबारे कांग्रेस र माओवादीबीच विवाद थियो।

प्रकाशित: २१ साउन २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =