‘प्रचण्डको प्रतिस्पर्धी कोही छैन, उहाँ अहिले पनि १६ वर्षे जवानसरह हुनुहुन्छ’

हिमाल प्रेस २१ साउन २०८० १६:१४
66
SHARES
‘प्रचण्डको प्रतिस्पर्धी कोही छैन, उहाँ अहिले पनि १६ वर्षे जवानसरह हुनुहुन्छ’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिस्पर्धी बन्न लायक कोही नभएको बताएका छन्। आइतबार केन्द्रीय समिति बैठकका क्रममा बैठकस्थल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले पार्टीभित्र प्रचण्डको प्रतिस्पर्धी नभएको र लायक पनि कोही नभएकाले नेतृत्व नबदलिने बताए। ‘प्रचण्डले नेतृत्व तोक्दिने होइन। प्रचण्डपछिको अर्को नेतृत्व प्रचण्डभन्दा योग्य, गतिशील, जिवन्त र सक्रिय हुनुपर्‍यो। अहिले पनि उहाँ चाहिँ १६ वर्षे जवानसरह सक्रिय हुनुहुन्छ,’ उनले भने, ‘अहिले सर्वोच्च कमाण्ड अध्यक्ष प्रचण्ड हुनुहुन्छ। प्रतिस्पर्धी पनि छैनन्। प्रतिस्पर्धी बन्न लायक पनि कोही छैन। जुन दिन प्रतिस्पर्धामा अब्बलता जो आउँछन् त्यही दिन हुन्छन्।’

यसैगरी उनले गुटगत र भ्रष्ट आचरणलाई बदल्नेगरी कार्यविभाजन बदलिएको बताए। अब जनयुद्धकालीन शैलीमा जिल्लालाई नेतृत्व प्रदान गर्नेगरी पार्टीले रणनीति निर्माण गरेको उनको भनाइ थियो।

प्रकाशित: २१ साउन २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =