वैदेशिक रोजगारसम्बन्धी तालिम दिने संस्थासँग विभागले माग्याे कर्मचारी विवरण

हिमाल प्रेस २० साउन २०८० १९:४२
8
SHARES
वैदेशिक रोजगारसम्बन्धी तालिम दिने संस्थासँग विभागले माग्याे कर्मचारी विवरण

काठमाडाैँ- वैदेशिक रोजगार विभागले विभागबाट अनुमति लिएर सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ।

तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ (अनुसूची २) मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको पाइएको छ।

विभागले एक विज्ञप्तिसमेत प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह गरेको छ। अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिने  विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ। रासस

प्रकाशित: २० साउन २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =