पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्ष कैद, अदालतको फैसलासँगै खान पक्राउ

हिमाल प्रेस २० साउन २०८० १४:४९
6
SHARES
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्ष कैद, अदालतको फैसलासँगै खान पक्राउ

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्ष कैद सजाय तोकिएको छ। तोशाखाना प्रकरणमा इस्लामाबाद जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला गरेकाे हाे।

फैसलासँगै उनी शनिबार पक्राउ परेका छन्। उनलाई लाहोरस्थित निवासबाटै पक्राउ गरिएको पञ्जाव प्रहरीले जानकारी दिएकाे छ। अदालतले तीन वर्ष कैदका साथै एक लाख रुपैयाँ जरिबानाको फैसला गरेकाे पाकिस्तानी पत्रिका डनले उल्लेख गरेकाे छ।

उनको पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ’ले अदालतको फैसला पक्षपातपूर्ण रहेको बताउँदै सर्वोच्च अदालत जाने बताएको छ। पार्टीका प्रवक्ताले इतिहासमै सबैभन्दा फैसला आएकाे र न्यायको हत्या गर्ने प्रयास गरिएको बताउँदै सर्वाेच्च जाने बताएका छन्। अदालतको फैसलासँगै इमरान खान आगामी पाँच वर्ष चुनावमा सहभागी हुन नपाउने पाकिस्तानको निर्वाचन आयोगले बताएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ। उनी पाकिस्तान तेहरिक ए इन्साफका अध्यक्षसमेत हुन्।

प्रकाशित: २० साउन २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =