विधेयक सच्याउन माग गर्दै द्वन्द्वपीडित धर्नामा [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ साउन २०८० १३:०३
134
SHARES
विधेयक सच्याउन माग गर्दै द्वन्द्वपीडित धर्नामा [तस्बिरहरू]

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गरेर मात्र पारित गर्न माग गर्दै द्वन्द्वपीडितहरूले सरकारलाई खबरदारी गरेका छन्। संसद्‌मा विचाराधीन विधेयकका त्रुटि सच्याएर मात्र पारित गर्न माग गर्दै द्वन्द्वपीडित र मानवअधिकार समुदायले शुक्रबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्।

कार्यक्रममा उनीहरूले मुद्दा फिर्ता विधेयक खारेज गर, दण्डहीनता अन्त्य गर, सत्य न्याय र परिपूरणको अधिकार सुनिश्चित गर, सशस्त्र द्वन्द्वका पीडित व्यक्ति तथा परिवारको पहिचानका लागी प्रभावकारी परिचयपत्र प्रदान गर जस्ता प्ले कार्ड बोकेका थिए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक हाल संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिमा विचाराधीन छ।

 

 

 

प्रकाशित: १९ साउन २०८० १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =