दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता

हिमाल प्रेस १९ साउन २०८० ११:२६
2
SHARE
दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता

दोलखा- दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्।

गौरीशंकर गाउँपालिका– ८ टोपाटारमा बुधबार राति पहिरो गएको हो। बुधबार रातिदेखि अविरल वर्षासँगै गौरीशंकर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए।

पहिरोमा बेपत्ता हुनेमा गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए। सो पहिरोमा परी तीनजना घाइते भएका छन्।

बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

प्रकाशित: १९ साउन २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =