चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

हिमाल प्रेस १९ साउन २०८० १०:१७
46
SHARES
चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए प्रतीकात्मक तस्बिर।

कञ्चनपुर- कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन्। कृष्णपुर नगरपालिका–२ बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन्।

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए।

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए। दमाई सोमबारदेखि बेपत्ता थिए।

‘खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ’, उनले भने, ‘हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ।’ शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ।

प्रकाशित: १९ साउन २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =