कञ्चनपुरमा खैरो हिरोइनसहित युवक पक्राउ

हिमाल प्रेस २२ चैत २०८० ८:००
2
SHARE
कञ्चनपुरमा खैरो हिरोइनसहित युवक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

धनगढी- कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका-४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो ।

उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ ।

शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: २२ चैत २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =