पशुपति र अञ्‍जली अभिनीत ‘झुक्याउन पाइँदैन’ सार्वजनिक

हिमाल प्रेस १८ साउन २०८० १३:५६
18
SHARES
पशुपति र अञ्‍जली अभिनीत ‘झुक्याउन पाइँदैन’ सार्वजनिक

पोखरा– तीज गीत र पशुपति पर्यायवाची हुन थालेका छन्। पछिल्लो दशकमा पशुपति शर्माका गीतमा ननाच्ने कमै होलान्। विगतका वर्षमाझैं यस वर्षको तीजमा लोकप्रिय गायक पशुपतिले ‘झुक्याउन पाइँदैन’ गीत दर्शकस्रोतामाझ ल्याएका छन्।

उनको यो गीत बिहीबार आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो। निशा केसीसँग मिलेर उनले गाएको यो गीतमा पशुपति र मोडल अञ्जली अधिकारीको फिचर्ड छ।

यी दुईको जोडीलाई दर्शकले रुचाउने अपेक्षा छ।

शब्द एवम् संगीत पनि पशुपतिकै हो भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन्। स्मृति तिमिल्सिना ‘गुरुआमा’ यसको कोरियोग्राफर र निर्देशक दुवै हुन्।

प्रकाशित: १८ साउन २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =