सुन तस्करी प्रकरणमा प्रश्नको सामना गर्न डराएर सरकारले नै संसद् अवरुद्ध गरेकाे ओलीकाे आराेप

हिमाल प्रेस १७ साउन २०८० १७:४६
6
SHARES
सुन तस्करी प्रकरणमा प्रश्नको सामना गर्न डराएर सरकारले नै संसद् अवरुद्ध गरेकाे ओलीकाे आराेप

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुन तस्करी प्ररणमा उठ्ने सम्भावित प्रश्नको सामना गर्न डराएर सरकारले नै संसद् चल्न नदिएको आरोप लगाएका छन्। सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको ओलीको आरोप छ।

तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको आरोप लगाए।

सुन तस्करी प्रकरणमा सदनमा सांसदहरूले आवाज उठाउने भएकाले सरकार डराएको उनले बताए। सरकारले नै सदनको अवरोध हटाउन नचाहे पनि बालुवाटारमा भएको सहमति संसद्‍मा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनको भनाइ थियो।

ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको पनि बताए। आफूहरू सरकारले बनाएको छानविन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्ने उनको भनाइ थियो। क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म भएको ओलीको कथन थियो।

प्रकाशित: १७ साउन २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =