कोशीका सभामुख गौतमले दिए पदबाट राजीनामा

हिमाल प्रेस १६ साउन २०८० १६:५२
22
SHARES
कोशीका सभामुख गौतमले दिए पदबाट राजीनामा

इटहरी- कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका हुन्। उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गोतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिए। गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको दबाबपछि पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेतम उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका दाबी पेस गर्न जाने तयारी गरेका छन्। सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्।

राजीनामा पत्र 

प्रकाशित: १६ साउन २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =