किसानले आफैँ दुई बोरा मल आयात गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन

हिमाल प्रेस १६ साउन २०८० १५:२३
60
SHARES
किसानले आफैँ दुई बोरा मल आयात गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ– प्रतिनिधिसभाको अर्थ समितिले निजी प्रयोजनको लागि दुई बोरासम्म मल आयातको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले किसानले दुई बोरा मल ल्याउँदा भन्सार बिन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयसहितका निकायलाई निर्देशन दिएको हो।

रासायनिक मलको विकल्पको रूपमा जैविक र प्राङ्गारिक मलको आपूर्ति र प्रयोग सम्बन्धमा राष्ट्रिय रणनीति तयार गर्न पनि कृषि मन्त्रालयलाई निर्देशन दिएको छ।

ज्येष्ठ सदस्यका हिसाबले समिति सभापति विनोद चौधरी थिए। उनले मलको माग र आपूर्तिबीचको सन्तुलन मिलाउन पनि निर्देशन दिएका छन्। उनले भने, ‘कृषि र उद्योग मन्त्रालय तथा स्थानीय तहको संयोजनमा मल आपूर्तिको भरपर्दो रणनीति बनाइ  त्यसको जानकारी समितिलाई दिन निर्देशन दिन्छु।’

प्रकाशित: १६ साउन २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =