सदनको अवरोध हटाउने प्रयत्नमा सभामुख

हिमाल प्रेस १६ साउन २०८० १०:०७
10
SHARES
सदनको अवरोध हटाउने प्रयत्नमा सभामुख सभामुख देवराज घिमिरे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरले अग्रसरता देखाएका छन्।

सभामुखले आज दिउँसो १२ बजे बानेश्वरमा सदन अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आहवान गरेका छन्। सभामुखको सचिवालयका अनुसार आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।

सभामुख घिमिरेले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएको सचिवालय स्रोतले जनाएको छ। उनले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराएका थिए।

हिजो पनि सदनको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक पटक छलफल गरेका थिए। एमालेले अडान कायम राखेपछि बैठक स्थगित गरिएको थियो। सुन काण्डका मुख्य दोषीलाई कारबाहीको माग गर्दै एमालेले निरन्तर ‌संसद् अवरोध गर्दै आएको छ।

प्रकाशित: १६ साउन २०८० १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =