मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : शेखर कोइराला

हिमाल प्रेस १६ साउन २०८० ८:००
12
SHARES
मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी सङ्घ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै  मुलुकको विकासका निम्ति भ्रष्टाचार र दण्डहिनताको अन्त्य हुनुपर्ने बताए।

मुलुकको भविष्य बनाउने जिम्मा विद्यार्थीका काँधमा रहेकाले यसप्रति सचेत र सजग रहन आग्रहसमेत गरे। मुलुकमा विकासको गतिलाई तीव्रता दिन राजनीतिक स्थायित्व आवश्यक रहेको विचार व्यक्त गरे।

नेविसङ्घ मोरङ सभापति सरोज पोखरेल, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, महानगर सभापति दीपक चापागाई, कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेविसङ्घ पूर्वसहमहामन्त्री कृष्ण कार्की, कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतलगायतले भातृ स‌गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १६ साउन २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =