प्रधानमन्त्रीले आह्वान गरेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक। फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरिरहेका छन्।
विगत एक महिनादेखि संघीय संसद् बैठक अवरुद्ध छ। सोही सञ्चालनका लागि प्रधानमन्त्रीेले पहलकदमी थालेका हुन्। बैठकमा प्रधानमन्त्रीले संसद्को जारी गत्यावरोध अन्त्य गर्न, ऐनकानुन बनाउन र देश र जनताका दैनिक समस्याबारे छलफल गरिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ। सोही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ। सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दल भने सरकारी संरचनाले नै छानबिन गर्ने अडानमा छन्।


