पैसा कमाउने हो भने अन्य पेसा गर्ने हो, राजनीति होइन : डा. शेखर कोइराला

हिमाल प्रेस १३ भदौ २०८० २१:१३ | Wednesday, August 30, 2023
पैसा कमाउने हो भने अन्य पेसा गर्ने हो, राजनीति होइन : डा. शेखर कोइराला

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताएका छन्।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा उनले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाएको बताएका हुन्।

सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको भन्दै नेता कोइरालाले नेपालका सबै पार्टीका नेताले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको बताए।

राजनीति पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए। ‘राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ। पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइगयो नि,’ उनले भने।

प्रकाशित: १३ भदौ २०८० २१:१३ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast