आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

हिमाल प्रेस १५ साउन २०८० १६:०६
6
SHARES
आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने विद्यार्थीलाई निलम्बन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नेविसंघका विद्यार्थीलाई निलम्बन गरेको जनाएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दलेर दुर्व्यवहार भएको घटनामा नेपाल विद्यार्थी संघले तत्काल विज्ञप्ति जारी गरी उक्त कार्यको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको विज्ञप्तिमा जनाइएको छ।

छानबिन समितिको प्रतिवेदनको आधारमा, सामाजिक सञ्जालमा आएका श्रव्यदृश्य सामग्रीहरूको आधारमा नेविसंघ केन्द्रीय समितिले उक्त घटनामा संलग्न भएका व्यक्तिहरूलाई लिखितमा स्पष्टीकरण सोधी सफाइको मौका समेत प्रदान गरिएको जनाएको छ।

मागहरू जायज भए पनि कालोमोसो दल्ने जस्तो खेदजनक कार्य भएको उल्लेख गर्दै उक्त घटनामा संलग्न व्यक्तिहरूको पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुशासनको कारबाही गरी केहीलाई निलम्बित गरिएको जनाएको छ।

प्रकाशित: १५ साउन २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =