सरकारले शान्ति सुव्यवस्था मिलाउन नसकेको भन्दै अनेरास्ववियुको प्रदर्शन

हिमाल प्रेस १३ साउन २०८० १५:४६
12
SHARES
सरकारले शान्ति सुव्यवस्था मिलाउन नसकेको भन्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ- सरकारले शान्ति सुव्यवस्था मिलाउन नसकेकाले जातीय विभेदका घटना बढेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेको छ। बझाङमा दलितको घर भत्काइएको, जुम्लामा प्रेम विवाह गरेको निहुमा घरमा आगो लगाउने काम गरिएको, पश्चिम रुकुममा भएको घटनालगायत विभेद बढ्दै जाँदा पनि सरकार मौन बसेको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास नजिकै बालुवाटारमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौँ, जातीय विभेद बन्द गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङमा किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै यस्तो विभेद गर्नेलाई तत्काल कारबाही गर्न माग गरे।

पटकपटक जातीय विभेद बढ्दै जादा पनि सरकार गम्भीर हुन नसकेको उनले आरोप लगाए। विभेदका घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी उनले दिए।

प्रकाशित: १३ साउन २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =