एसियाली खेलकुदको टोलीमा परेनन् आरिफ, ज्ञानेन्द्र र भीम

हिमाल प्रेस १२ साउन २०८० १६:१७
10
SHARES
एसियाली खेलकुदको टोलीमा परेनन् आरिफ, ज्ञानेन्द्र र भीम फाइल तस्बिर

काठमाडौँ- १९औँ एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ।

चीनको हान्झोउमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

१९औँ एसियाली खेलकुद अन्तर्गतको क्रिकेट टी २० शैलीमा हुनेछ। टोलीमा विनोद भण्डारी,अभिनाश बोहरा र विवेककुमार यादवले पुनरागमन गर्दा टोलीका नियमित सदस्य आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने बाहिरिएका छन्।

विनोदले सन् २०२२ जुलाई तथा अभिनाशले २०२२ अप्रिलपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन्। यसैगरी विवेकले गतवर्ष अगस्टमा केन्या भ्रमणमा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए।

नेपालको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी,आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलसन झा, करण केसी, विनोद भण्डारी (विकेटकिपर) परेका छन्।

अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोराले स्थान पाएका छन्। सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ।

प्रकाशित: १२ साउन २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =