काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो धेरै आलोचना होला भन्ने अनुमान गरे पनि कम भएको बताएका छन्। साउन २ गतेदेखि जारी बैठकको निर्णय सुनाउनेक्रममा आज बुधबार देउवाले का आलोचना खेप्नु परेको बताएका हुन्।
‘यो बैठकमा धेरै आलोचना होला भनेको कम भयो। मैले अरु भन्नु केही छैन। धेरै साथीहरूले रचनात्मक र राम्रा राम्रा सुझाव दिनु भयो, हामीले मनन गरेका छौँ’ देउवाले भने।
देउवाले महासमिति बैठकको मिति तय भइसकेको र त्यसबेला अझै छलफल गरिने बताए।
प्रकाशित: १० साउन २०८० १९:२०
प्रतिक्रिया