कांग्रेसको महासमिति बैठक मंसिरमा

हिमाल प्रेस १० साउन २०८० १८:२५
14
SHARES
कांग्रेसको महासमिति बैठक मंसिरमा

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिरमा बस्ने भएको छ। साउन २ गतेदेखि आज (बुधबार)सम्म जारी केन्द्रीय कार्यसमितिको बैठकले मंसिरमा महासमिति बैठक बोलाउने निर्णय गरेको हो।

बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यहरूको बैठक मंसिर ११, १२ र १३ गते काठमाडौँमा बस्ने बताए। कांग्रेसले पार्टीको १४औं महाधिवेशन हुँदा ०७८ मंसिरमा  ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय भएको थियो तर उक्त अधिवेशन भने नहुने भएको छ।

त्यस्तै कांग्रेसले चुनावको समयमा कारबाहीमा परेका विभिन्न नेताहरूको कारबाही पनि फुकुवा गरेको छ।

प्रकाशित: १० साउन २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =