व्यवसायी सौरभ ज्योतिको गीत ‘छ जी’ सार्वजनिक

हिमाल प्रेस ७ साउन २०८० १७:४५
18
SHARES
व्यवसायी सौरभ ज्योतिको गीत ‘छ जी’ सार्वजनिक

काठमाडौँ– सौरभ ज्योतिको स्वरमा ‘छ जी’ बोलको गीत सार्वजनिक भएको छ। ज्योति ग्रूपका कार्यकारी निर्देशकसमेत रहेका उनले नेवारी भाषामा गीत गाएका हुन्। गीत साैरभ स्वयमले लेखेका हुन्।

जेम्स प्रधानको संगीत र संगीत संयोजन रहेको गीत प्रेम कथामा आधारित छ। गीतकाे भिडियाेकाे मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डेब्यु निर्देशन गरेकी छन्। गीतको भिडियोमा सौरभसहित आँचल ताम्राकार, रसिक श्रेष्ठ, सिर्जना शाक्य ज्योति र टिका निरौलाले अभिनय गरेका छन्।

प्रकाशित: ७ साउन २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =