घानाका गायक लितेले गाए एलिना चौहानको गीत ‘पागल बनायौ’

हिमाल प्रेस १८ जेठ २०८० १४:०७
28
SHARES
घानाका गायक लितेले गाए एलिना चौहानको गीत ‘पागल बनायौ’

काठमाडौँ– गायिका एलिना चौहानको ‘पागल बनायौ’ बोलको गीत घानाका गायक तथा गीतकार लितेले गाएका छन्। गायक लेटेको स्वर र भिडियोसहित गत शनिबार (जेठ १३) डिजिटल चिम्पाञ्जी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

समाचार तयार पार्दासम्म गीत ५५ हजारभन्दा बढिले हेरिसकेका छन्। सुजन कोइरालाको शब्द र नवीन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ। बिक्रम चौहानले निर्देशन गरेको गीत मिन रावलको सम्पादन र प्रशान्त केसीको छायांकनमा बनेको छ।

गीत गायिका चौहानको स्वरमा गत वैशाख छ गते डिजिटल चिम्पाञ्जी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। लितेले यसअघि प्रकाश सपुतको ‘फूलमाया’ बोलको गीत पनि गाएका छन्। साथै ‘फुलबुट्टे सारी’, ‘मिनिरल वाटर’, ‘फूलथुङ्गे रानी’लगायत केहि गीतको टुक्का टिकटकमार्फत पनि गायका छन्।

प्रकाशित: १८ जेठ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =