यस्तो छ ‘जारी’को गीत ‘चरी बस्यो’को लिरिकल भिडियो

हिमाल प्रेस १२ चैत २०७९ ११:४६
4
SHARES
यस्तो छ ‘जारी’को गीत ‘चरी बस्यो’को लिरिकल भिडियो

काठमाडौँ- उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को ‘चरी बस्यो’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। शनिबार बाँसुरी फिल्मस् नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

गायक कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा कलाकार दयाहाङ राई र मिरुना मगर देखिएका छन्। आगामी वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन हुने फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

फिल्ममा दयाहाङ र मिरुनासहित अन्य कलाकार रोयदीप श्रेष्ठ, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन्।

प्रकाशित: १२ चैत २०७९ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =