नीतिगत दरमा लचकता, बैंकहरूलाई ब्याजदर घटाउन मद्दत पुग्ने

हिमाल प्रेस ७ साउन २०८० १५:१८
6
SHARES
नीतिगत दरमा लचकता, बैंकहरूलाई ब्याजदर घटाउन मद्दत पुग्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको छ। आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले नीतिगत दर घटाएको हो। ‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘ बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।’

यसबाट बैंकहरूलाई ब्याजदर घटाउन मद्दत पुग्नेछ। नीतिगत दर घटेपछि राष्ट्र बैंकमार्फत बैंकहरूले लिने कर्जा लागत कम पर्छ। राष्ट्र बैंकले दिने कर्जा लागत कम परेमा बैंकहरूलाई ब्याजदर घटाउन दबाब पर्छ।

यस्तै राष्ट्र बैंकले सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गर्ने पनि माैद्रिक नीतिमा उल्लेख गरेकाे छ। आर्थिक चलखेल रोक्न नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गरिने राष्ट्र बैंककाे भनाइ छ।

प्रकाशित: ७ साउन २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =