इटहरीमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीनको मृत्यु

हिमाल प्रेस ६ साउन २०८० ८:१४
32
SHARES
इटहरीमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीनको मृत्यु इटहरी चोक। फाइल तस्बिर- हिमाल प्रेस

इटहरी– इटहरीमा चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति १०:४० बजेतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को. २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारैजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: ६ साउन २०८० ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =