सुनको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस ४ साउन २०८० १२:२४
10
SHARES
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ– बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६०० तोकिएको छ।

यसअघि जेठ १९ गते सुनको मूल्य १ लाख १३ हजार ३०० मा पुगेको थियो।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० मा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५० पुगेको छ। बुधबार १ लाख १२ हजार ५५० मा कारोबार  भएकाे थियो।

बुधबारको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार ४९५ कायम भएको छ।

प्रकाशित: ४ साउन २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =