बर्जर रंगोत्सवका विजेताहरूको घोषणा

हिमाल प्रेस १ साउन २०८० ११:३८
बर्जर रंगोत्सवका विजेताहरूको घोषणा

काठमाडौँ- २०७९ भदौ १ देखि २०७९ मंसिर १० गतेसम्म सञ्चालन गरिएको ‘बर्जर रंगोत्सव’ अफरका विजेताहरूको घोषणा गरिएको छ।

बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कार जितेका छन्।

‘लक्की ड्र’मार्फत इटहरीका रूपेश ढुंगानाले सोनीको ७५ इन्च एलईडी टिभी बम्पर पुरस्कार पाएका छन्। बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले सामसङको ३४५ लिटर रेफ्रिजिरेटर प्राप्त गरे।

त्यस्तै १० ग्राहकले सामसङको ७.२ केजी वासिङ मेसिन, २० जनाले सामसङकै ए–०३७ मोबाइल फोन र ७५ जनाले एक्यूफिट स्मार्ट वाच पाएका छन्।

प्रकाशित: १ साउन २०८० ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =