आजको मौसम : सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

हिमाल प्रेस ३ साउन २०८० ६:२९
14
SHARES
आजको मौसम : सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ३ साउन २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =