बैतडीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

हिमाल प्रेस २ साउन २०८० ८:१७
12
SHARES
बैतडीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी- दशरथचन्द नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा ट्र्याक्टर चालक कैलाली घर भएका सुरेन चौधरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दशरथचन्द-२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको सुप प्र ०१-००२ त ६३८९ नम्बरको ट्याक्टर सोमबार साँझ करिब ७ बजे वडा नम्बर ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो।

ट्र्याक्टर सनकट्या भिरबाट करिब ३०० मिटर तल खसेको हो।

प्रकाशित: २ साउन २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =