विशेष अधिकार प्रयोग गरेर आईजीपी कुँवरले निकाले ९ जना प्रहरीको बढुवा [नामसहित]

हिमाल प्रेस १ साउन २०८० १३:३२
4.6k
SHARES
विशेष अधिकार प्रयोग गरेर आईजीपी कुँवरले निकाले ९ जना प्रहरीको बढुवा [नामसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका ९ जना कर्मचारीको विशेष बढुवा गरिएको छ। आईजीपी बसन्तबहादुर कुँवरले दुई जना सहायक प्रहरी निरीक्षक, एक जना नायब निरीक्षक, पाँच जना सहायक हवलदार र एक जना जवानको बढुवा गरेका हुन्।

प्रहरी नियमावली प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्थाअनुसार आफ्नो अधिकार प्रयोग गरेर कुवँरले ९ जनाको बढुवा निकालेका हुन्। राजपत्रअनंकित पदका कर्मचारीको एक तह बढुवा गर्ने अधिकार आईजीपीलाई हुनेगर्छ।

सोही अधिकार प्रयोग गरेर कुँवरले आर्थिक वर्षको अन्तिम दिन आइतबार बढुवा गरेका हुन्।

प्रकाशित: १ साउन २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =