भक्तपुरका पर्यटकीय गन्तव्य सार्वजनिक

हिमाल प्रेस ३० असार २०८० १६:११
6
SHARES
भक्तपुरका पर्यटकीय गन्तव्य सार्वजनिक

काठमाडौँ- भक्तपुरका पर्यटकीय स्थल सार्वजनिक गरिएका छन्। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलहरूको सूची तयार गरी सार्वजिनक गरिएको हो।

भक्तपुरलाई पर्यटकको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि एक कार्यक्रमबीच पर्यटकीय गन्तव्यस्थलहरूको सूची सार्वजनिक गरिएको हो।

सो क्रममा नेपाल होटल संघ (हान)का अध्यक्ष विनायक शाहले कोराना महामारीपछि अहिले पर्यटन क्षेत्रले गति लिन थालेको बताए। उनले नेपालमा आउने पर्यटकहरूको खर्च र बस्ने अवधि घट्दै जानु चिन्ताको विषय बनेको पनि बताए।

पर्यटकहरुलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको उनले औँल्याए। भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने उनको भनाइ थियो।

डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडालगायत स्थानमा पर्यटक रमाउन सक्ने उनले बताए। कार्यक्रममा अन्य पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भुमिका महत्त्वपूर्ण हुने र अझै नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न जरुरी रहेको औँल्याए। ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थलहरू धेरै रहेको भन्दै ती ठाउँको उजागर गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ३० असार २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =