वरिष्ठ साहित्यकारद्वय श्रेष्ठ र विमललाई रथारोहण गरेर सम्मान

हिमाल प्रेस २९ असार २०८० २०:२८
12
SHARES
वरिष्ठ साहित्यकारद्वय श्रेष्ठ र विमललाई रथारोहण गरेर सम्मान

काठमाडौँ- नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पुर्‍याएबापत प्राध्यापकद्वय डा. दयाराम श्रेष्ठ र डा. राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ।

२१० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज (शुक्रबार) यहाँ आयोजित समारोहमा उनीहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो।

डा. श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा. विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त हुन्।

प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ।

यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा. वासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो।

प्रकाशित: २९ असार २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =