मन्त्रीहरू काठमाडौँ बाहिरको पनि हुनुस् : सांसद यादव

हिमाल प्रेस २९ असार २०८० १६:११
12
SHARES
मन्त्रीहरू काठमाडौँ बाहिरको पनि हुनुस् : सांसद यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले मनसुनको समय भए पनि पर्सा जिल्लामा पानीको समस्या रहेको बताएका छन्।  शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले जुन मात्रामा गण्डक नहरमा पानी आउनुपर्ने थियो त्यो मात्रामा पानी नआइएको उनको भनाइ छ।

उनले राज्यले सम्झौता गरे अनुसार नहरमा पानी नछोडिएको र किसानको खेतहरूमा जाने सहायक नहरहरूको पनि सफाइ नभएका कारण किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको प्रति ध्यानाकर्षण गराए ।

उनले ऊर्जा तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराउँदै भने,‘तपाई नसुत्नुस, तपाई काठमाडौँमुखी नहुनुस्, काठमाडौँको चार किल्लाको दायरामा नरहनुस्।तपाई मदेसलाई पनि हेर्नुस्, त्यहाँको सिँचाइको अवस्थालाई पनि हेर्नुस्। त्यहाँका जनता कति मारमा छ त्यो पनि हेर्नुस्। काठमाडौँमा बसेर, मन्त्रालयमा बसेर हुँदैन। सिंहदरबारको आँखा गाउँतिरपनि जाओस्, मधेसतिर पनि जाओस्। आज रोपाईको बेलामा किसानको बिउँहरू सुकिरहेको छ, पानी छैन भने अब रोपाई कसरी हुन्छ?’

उनले सिँचाइका लागि नहरको सफाइ किन नभएको भन्दै प्रश्न गरे। उनले विगतमा नहर सफा हुने गरेपनि यो पटक पनि बताए।

प्रकाशित: २९ असार २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =