लम्पी स्किन रोग घट्दो क्रममा छ : कृषिमन्त्री भुसाल

हिमाल प्रेस २८ असार २०८० १६:२१
4
SHARES
लम्पी स्किन रोग घट्दो क्रममा छ : कृषिमन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पी स्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरूमा देखापरेको रोग घट्ने क्रममा रहेको बताएका हुन्। संक्रमित पशुहरूको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए।

उनले हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र दुई लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए।

‘ रोगबाट हालसम्म सात लाख ८२ हजार १८४ पशु संक्रमित भएका छन्। संक्रमित मध्ये २८ हजार एक पशुको मृत्यु भएको छ भने पाँच लाख २१ हजार ८१४ निको भएका छन्,’ उनले भने,’दुई लाख ३२ हजार ३०९ अहिले पनि संक्रमित अवस्थामा रहेका छन्। यस रोगको रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ।’

मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे। मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उनको भनाइ छ।

प्रकाशित: २८ असार २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =