मन्त्रीसँग भेट्न एकीकृत समाजवादीले तोक्यो समय [तालिकासहित]

हिमाल प्रेस १ वैशाख २०८० १५:५८
30
SHARES
मन्त्रीसँग भेट्न एकीकृत समाजवादीले तोक्यो समय [तालिकासहित]

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई भेट्नका लागि समय तोकिदिएको छ।
आज बसेको बैठकले मन्त्रीहरूलाई भेट्न पार्टी कार्यालय आउनुपर्ने र त्यसको लागि पनि निश्चित समय तोक्ने निर्णय गरेको हो।

अहिले नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा दुई मन्त्री छन् बेदुराम भुसाल र भौतिक योजनामन्त्री प्रकाश ज्वाला। मन्त्रीहरू हप्ताको दुईपटक दिउँसो २ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा रहनेछन्। उनीहरूलाई भेट्न चाहने नेता कार्यकर्ताले त्यहीँ भेट्न सक्नेछन्।

कृषि तथा पशुपन्छि विकासमन्त्री भुसालसँग आइतबार र बुधबार तथा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालासँग सोमबार र शुक्रबार पार्टी कार्यालयमा भेट्ने कार्यतालिका बनाइएको छ।

प्रकाशित: १ वैशाख २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =