नवनियुक्त कृषिमन्त्री भुसालद्वारा पुष्पलाल स्मृति प्रतिष्ठान भ्रमण

हिमाल प्रेस १८ चैत २०७९ १४:१६
146
SHARES
नवनियुक्त कृषिमन्त्री भुसालद्वारा पुष्पलाल स्मृति प्रतिष्ठान भ्रमण

काठमाडौँ- नवनियुक्त कृषिमन्त्री उपाध्यक्ष बेदुराम भुसालले कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भ्रमण गरेका छन्। प्रतिष्ठानको उपाध्यक्ष समेत रहेका भुसालले मन्त्री नियुक्त भए लगत्तै पहिलोपटक प्रतिष्ठानको भ्रमण गरेका हुन्।

मन्त्री भुसाललाई स्थानीय पार्टी कार्यकर्ताहरूले स्वागत गरेका थिए। कीर्तिपुर नगरपालिका स्थित वडा नं ४ मा रहेको प्रतिष्ठानको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री भुसालले पुष्पलालको योगदानको स्मरण गरेका थिए।

मन्त्री भुसालले पुष्पलालको त्याग र लगनशीलताको कारण आज कम्युनिस्ट आन्दोलन यस ठाँउसम्म आइपुगेको उल्लेख्य गरे। साथै, उनले पुष्पलालले जस्तै कठोर त्याग गर्न सम्पूर्ण कार्यकर्तालाई हौसला दिए।

पुष्पलाल राजनीतिक कर्मी मात्रै नभएर इतिहासकार समेत रहेको उल्लेख गर्द मन्त्री भुसालले पुष्पलाल मात्रै एक्लो पञ्चायत विरोध नेता रहेको दाबी गरे।

कार्यक्रममा मन्त्री भुसालसँग पार्टी उप महासचिव तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी भएका थिए।

मन्त्री ज्वालाले लामो समयदेखि पार्टीमा योगदान गरेका भुसालले आफूभन्दा जुनियरलाई पनि मन्त्री छोड्दै, लामो त्यागपछि अहिले आएर पहिलोपटक मन्त्री बनेको उल्लेख गर्दै भुसालको प्रशंसा गरेका थिए।

प्रकाशित: १८ चैत २०७९ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =